माध्यमिक तहसम्मको शिक्षा निशुल्क:मेयर थापा
कपिलवस्तु – शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापाले नगर भित्र माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने बताउनुभएको छ । आज नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गर्दे शिवराज नगरपालिका भित्र रहेका विद्यालयहरूमा कक्षा १२ सम्म निशुलक गरिने र कुने पनि नाममा शुल्क नलिने बताउनुभयो ।
सम्पुर्ण नगरबासिका बच्चा बच्चिहरुलाई शिक्षाको पहुचँमा ल्याउनका लागि यो निर्णय गरीएको थापाको भनाई छ । यस्तै विस्तारै अंग्रेजि माध्यमको पढाईलाई पनि निशुल्क गर्दै लैजाने घोषणा गर्नुभयो । नगरबासिको सेवकको रुपमा काम गर्ने सपना पुरा गर्ने सम्पुर्ण नगरबासिलाई धन्यवाद दिनुभयो ।