वडाअध्यक्ष बेल्बासेद्वार कार्यभार ग्रहण
अर्जुन बेल्बासे ,कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ का नव निर्वाचित वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।वडा अध्यक्ष बेल्बासेले सोमबार एक समारोहबीच कार्यभार सम्हाल्दै वडा भित्रका कमलामाई सबैसगँ सहकार्य गरेर सुन्दर र समुन्नत वडा बनाउनुपर्ने बताउनुभयो ।
यसअघि नै वडाले अघि सारेका राम्रा कामलाई निरन्तरता दिँदै अझ जनमुखी कार्यक्रम ल्याउने उहाँले बताउनु भयो ।अध्यक्ष बेल्बासेले , रोजगारी, स्वास्थ्य, शिक्षाको कार्यक्रम नगरपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
साथै निर्वाचित सदस्य सिता खनाल , खगि सनार , धनिराम थारु र शहेन शाह खानले पनि कार्यभार सम्हाल्दै समृद्ध वडा वनाउन लागि पर्ने बताउनु भएको थियो ।आज नै नगर प्रमुख अजय थापाबाट नगउप प्रमुख शिवकुमारी थारुसहित ११ वटै वडाका वडा अध्यक्ष र निर्वाचित सबै सदस्यहरुले सपथ ग्रहण लिएका हुन ।