Connect with us
Kapilvast Forest

सडक सन्जालले जोडिदैं कपिलवस्तुको कृष्णनगर

२०७९, ९ जेष्ठ सोमबारमा प्रकाशित

सनिउल्ला धोबी- कपिलवस्तुको कृष्णनगर नगरपालिका सडक सन्जालले जोडिदै गएको छ । कृष्णनगरको सबैभन्दा विकट मानिने शिर्सिहवामा रु २८ करोडको लागतमा निर्माण हुने सडकको आज एक कार्यक्रम गरि शिलान्यास गरिएको छ ।

सडकको शिलान्यास गरेसगं त्यसक्षेत्रका आम नागरिक खुसी भएका छन् । कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाहको पहलमा सडक योजना परेपछि त्यस क्षेत्रका नागरिक खुसी भएका हुन ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद शाहले यस क्षेत्रमा अब सडक बनेपछि यहाको नागरिक प्रत्यक्ष रुपमा कृष्णनगर लगायतका स्थानमा सहज रूपमा आवतजावत गर्न सक्ने बताउनु भयो । सडक निर्माणले यहाको हरेक पक्षमा विकास हुने सांसद शाहले बताउनु भयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले संघिय सांसद अभिषेक प्रताप शाहको अथक प्रयासबाट कृष्णनगर, लक्षमीनगर, सिर्सिहवा, बालानगर, बेदमऊ, हरिगवा, लालपुर, मधुनगर हुँदै झुलनियासम्म सडक ७.५ किलोमीटर सडक कालोपात्रे हुने बताउनु भयो । मेयर शाहले बजेटको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सांसद अभिषेक प्रताप शाहलाई धन्यवाद समेत दिनु भयो ।

सडक निर्माणले यहाको कृषकहरुले धेरै फाइदा लिनुपर्ने नगर प्रमुख शाहको भनाई रहेको थियो ।

शिलान्यास कार्यक्रममा कृष्णनगर ४ का वडाध्यक्ष घनश्याम अग्रहरी, वडा नं. १० का वडाध्यक्ष हरिपाल चतुर्वेदी, समाजसेवी सुर्य प्रताप सिंह लगायत विभिन्न राजनैतिक, समाजिक, व्यक्तिहरुको उपास्तिथि रहेको थियो ।

सडक डिभिजन कार्यालय शिवपुरको इन्जिनियर निसा बेलबासेले सडक गुणस्तरीय बन्ने विस्वास ब्यक्त गर्नु भयो । उक्त सडक २४ महिनामा निर्माण हुने इन्जिनियर बेलबासेले जानकारी दिनु भयो ।

सडक निर्माणको ठेक्का पाएको कश्यप/महेश/सत्यवती जे.भीले सडक निर्माणकार्य तोकेकै मितिसम्म गर्ने जनाएको छ । सडक निर्माण सहज बनाउन स्थानीयको सहयोग अवास्यक रहेको निर्माण कम्पनीका किशन आचार्यले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu