Connect with us
Kapilvast Forest

एमालेले जित्यो २०० पालिका प्रमुख

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौँ — नेकपा एमाले २०० पालिकामा विजयी भएको छ । रौतहटको देवाही गोनाहीको नतिजा सार्वजनिक भएसँगै एमालेले २०० स्थानमा जित हात पारेको हो ।

 

अहिलेसम्मको मतपरिणामअनुसार एमाले ५ स्थानमा अगाडि रहेको छ । नेपाली कांग्रेस भने ३२१ स्थानमा जित र ५ स्थानमा अगाडि रहँदै पहिलो स्थानमा रहन सफल भएको छ ।

 

देवाही गोनाही नगरपालिकाको मेयरमा एमाले उम्मेदवार प्रेमलाल साह कानु ४,२९२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार मधुलिका रानी पटेललाई ८९५ मतान्तरले पराजित गरेका हुन् । पराजित मधुलिका रानी पटेलले ३,३९७ मत ल्याएकी छन् ।

यस्तै उपमेयरमा पनि एमालेकी उम्मेदवार परनियादेवी ४,४४५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार ईश्‍वरीलालप्रसाद यादवले ३,५८० मत ल्याएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu