Connect with us
Kapilvast Forest

लुम्बिनीमा काँग्रेस पहिलो, माओवादी तेस्रो

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

रुपन्देही-स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाअध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य १८९२ गरी ४ हजार ९३६ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका अनुसार नेपाली काँग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडा अध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ । सो दलको सबै पद जोड्दा १८९६ जित हासिल गरेको छ।
त्यस्तै, नेकपा (एमाले) ले प्रमुख ८, अध्यक्ष १७, उपप्रमुख १३, उपाध्यक्ष २३, वडा अध्यक्ष ३००, महिला सदस्य ३१९, दलित महिला सदस्य ३०९ र खुला सदस्य ६२७ जितेको छ । सो दलले सबै पद जोड्दा १६१६ जितेको छ।
सोहीअनुसार माओवादी केन्द्रले प्रमुख ३, अध्यक्ष २२, उपप्रमुख ४, उपाध्यक्ष ११, वडा अध्यक्ष १६९, महिला सदस्य १६०, दलित महिला सदस्य १५७ र खुला सदस्य ३०२ जितेको छ । सो दलको सबै पद जोड्दा ८२८ जित हासिल गरेको छ।

त्यस्तै, सो प्रदेशमा जसपा नेपालले प्रमुख १, अध्यक्ष २, उपप्रमुख २, उपाध्यक्ष १, वडा अध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्य ७२ जितेको छ । सो दलको सबै पद जोड्दा १९५ जित हासिल गरेको छ।

सोहीअनुसार राप्रपाले प्रमुख १, अध्यक्ष ०, उपप्रमुख १, उपाध्यक्ष १, वडा अध्यक्ष २१, महिला सदस्य १८, दलित महिला सदस्य २१ र खुला सदस्य ४५ जितेको छ । सो दलको सबै पद जोड्दा १०८ जित गरेको छ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्रमुख १, अध्यक्ष १, उपप्रमुख १, उपाध्यक्ष १, वडा अध्यक्ष १६, महिला सदस्य १९, दलित महिला सदस्य २१ र खुला सदस्य ४० जितेको छ । सो दलको सबै पद जोड्दा १०० जित हासिल गरेको छ । सोहीअनुसार लोसपा नेपालले प्रमुख ०, अध्यक्ष १, उपप्रमुख ०, उपाध्यक्ष १, वडा अध्यक्ष १३, महिला सदस्य १७, दलित महिला सदस्य १६ र खुला सदस्य ३४ जितेको छ । सो दलको सबै पद जोड्दा ८२ जित हासिल गरेको छ।

त्यस्तै, जनमत पार्टी (जपा) ले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ५, महिला सदस्य ७, दलित महिला सदस्य ५ र खुला सदस्य १४ जितेको छ । सो दलको सबै पद जोड्दा ३१ जित हासिल गरेको छ । सोहीअनुसार जनता प्रगतिशील पार्टी नेपालबाट प्रमुख ०, अध्यक्ष १, उपप्रमुख ०, उपाध्यक्ष १, वडा अध्यक्ष ३, महिला सदस्य २ दलित महिला सदस्य ४ र खुला सदस्य ६ जितेको छ । सो दलको सबै पद जोड्दा १७ जित हासिल गरेको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ४, महिला सदस्य ३, दलित महिला सदस्य २ र खुला सदस्य ७ जितेको छ । सो दलको सवै पद जोड्दा १६ जित हासिल गरेको छ।

त्यस्तै, बहुजन शक्ति पार्टीले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष १, महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य २ जितेको छ । सो दलको सबै पद जोड्दा ५ जित हासिल गरेको छ । सोहीअनुसार नेपाल जनता पार्टीले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष १, महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य २ जितेको छ । सो दलको सवै पद जोडदा ५ जित हासिल गरेको छ।

यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीले प्रमुख ०, अध्यक्ष ०, उपप्रमुख ०, उपाध्यक्ष ०, वडा अध्यक्ष ०, महिला सदस्य ०, दलित महिला सदस्य ० र खुला सदस्य १ जितेको छ । यस्तै, सो प्रदेशमा स्वतन्त्रबाट वडा अध्यक्ष १२, महिला सदस्य ५, दलित महिला सदस्य ७र खुला सदस्य १२ गरी कुल ३६ स्थानमा निर्वाचित भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu