Connect with us
Kapilvast Forest

इँटालाई सुन भन्दै ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

दाङ-दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी, सल्यानको शारदा नगरपालिका वडा नं. १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सोही जिल्लाको कुमाख गाउँपालिका वडा नं. १ की ३० वर्षीया गीता बुढा छन्।

जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी निरीक्षक सन्दीप बेलबासेको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई आइबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित एकान्त होटलको कोठा नं. १०३ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरूले सर्वसाधारणलाई सुन बिक्री गर्ने बहानामा सुनजस्तो पहेंलो धातुको स्याम्पलमात्र देखाई अग्रिम रकम बुझेका थिए।गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरू बसेको कोठामा खानतलासी गर्दा दुई वटा इँटा बरामद भएको जानकारी दिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu