Connect with us
Kapilvast Forest

खैरो हिरोइनसहित ६ जना पक्राउ

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं – प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ।प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ, झापाका २४ वर्षीय योगेशकुमार सेलिङ, झापाका १९ वर्षीय हरदीप राजवंशी र भारतको पश्चिम बङ्गालका २३ वर्षीय अर्जुन रोयलाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अवैध रुपमा लागुऔषध कारोबार गरेको अभियोगमा झापा र काठमाडौँबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको खैरो हेरोइनको मूल्य अन्दाजी रु २४ लाख ६० हजार बराबर रहेको ब्युरोले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागुऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu