Connect with us
Kapilvast Forest

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य जोड :नगर प्रमुख श्रेष्ठ

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।सोमबार नगरपालिकामा आयोजित स्वागत कार्यक्रमबाट नवनिर्वाचित श्रेष्ठले नगर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका थिए ।१० वडा रहेको बुद्धभूमिमा श्रेष्ठले १४ हजार ३ सय ८४ मत पाए भने, खनालले १३ हजार ५ सय ९६ मत ल्याएर पराजित भए ।

दुई पटकसम्म बुद्धभूमिको नगर प्रमुखमा निर्वाचित भएका श्रेष्ठले आगामी दिनमा पनि सबैको साथ र सहकार्यबाट अगाडी बढ्ने बताएका छन् । सबैको सहकार्य बिना नगरको विकास सोचेजस्तो गर्न नसकिने भन्दै श्रेष्ठले निर्वाचित जनप्रतिनिधि बीचको सामुहिक निर्णयबाट अगाडी बढ्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य जोड दिएर काम गर्ने उनले बताए । नगरका गौरवका योजनालाई सम्पन्न गर्ने लक्ष्य लिएका श्रेष्ठले पूर्वाधार विकासमा उल्लेख्नीय काम गर्ने बताए ।

नगर प्रमुखको कार्यभार सम्हालेको पहिलो दिन उनले पाठेघरको समस्या भएका महिलालाई निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेका छन् ।सोमबार नै १० वटै वडाका वडाध्यक्षहरुले आ-आफ्नो वडाको पदभार ग्रहण गरेका छन् । नगर प्रमुख श्रेष्ठसंग पद तथा गोपनियताको शपथ खाए लगत्तै निर्वाचित जनप्रतिनिधिहरुले आ-आफ्नो कार्यभार सम्हालेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu