Connect with us
Kapilvast Forest

पाेखरा महानगरमा धनराज आचार्य ४ हजार ८ सय ९२ मतले अगाडि

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

कास्की – पाेखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३ सय ५१ मतगणना भएकाे छ ।पछिल्लाे मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६ सय ७८ मत पाउनु भएकाे छ । त्यस्तै मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७ सय ८६ मत पाउनु भएकाे छ । आचार्य थापाभन्दा ४ हजार ८ सय ९२ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवि गुरुङकाे अग्रता कायमै छ । उहाँले ५६ हजार ९ सय ६६ मत पाउनु भएकाे छ भने नेपाली कांग्रेसकी काेपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत पाउनु भएकाे छ ।रानाभाट ४ हजार ७ मतले पछाडि हुनुहुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu