Connect with us
Kapilvast Forest

क्यानडाका पर्यटन दूत टण्डनलाई सम्मान

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं -विदेशमा आफ्नै स्रोत र साधन प्रयोग गरेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन बोर्डले क्यानडाका पर्यटन दूत नरबहादुर टण्डनलाई सम्मान गरेको छ ।

नेपालका पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य मदन कुमार आचार्य र मिलन देवकोटलाई स्वागत तथा सम्मान कार्यक्रममा टण्डनलाई पनि सम्मान गरिएको हो ।

 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताए । उनले भने ‘हामी कोभिड अघिको अवस्थामा लगभग ६० प्रतिशत पुगिसकेका छौं, यदि फेरी कोभिडको महामारी भएन भने चाँडै पहिलेकै अवस्थामा पर्यटकहरु आउने छन् ।’

नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दूत नरबहादुर टण्डनले भने विदेशमा बस्ने नेपाली मूलका नागरिकहरुलाई राज्यले जति प्रयोग गर्नुपर्ने हो त्यती गर्न नसकेको बताए । दाङमा जन्मेर क्यानडामा विगत १८ वर्षदेखि नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएका उनले भने, ‘यदि राज्यले अलिकति मात्र हामी जस्तासँग हातेमालो गर्यो भने पर्यटनको माध्यमबाट नै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने छ ।’

टण्डले आफ्नै सवारी साधन र क्यानडाका व्यस्त शहरहरुमा चल्ने सार्वजनिक सवारी साधनहरुमा नेपालका पर्यटकीय क्षेत्र, नेपाली कला र सँस्कृति झल्कने तस्विरहरु राखेर प्रचार गर्दै आएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu