Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध अन्त्य

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

बुटवल – लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोध अन्त्य भएको छ ।स्वतन्त्र सांसद अजय शाही र नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री वलीलाई आफ्नो सांसद दावी गर्दै एमालेले उनीहरुलाई कारवाही नगरिएको विषय उठाएर ६ महिनादेखि प्रदेश सभा वैठक अवरुद्ध गर्दै आएको थियो ।

 

प्रदेश सभाको १० औं अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदमपछि हटेर संसद्को गतिरोध अन्त्य गरेको बताए ।

लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश जाने भएकाले एमालेले जनादेशको सम्मान गर्दै संसद्को गतिरोध अन्त्य गरेको उनले बताए । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रदेश सरकार र सभामुख त्यति गम्भीर नदेखिएको उनको भनाइ थियो ।

प्रदेशको स्थायी राजधानीको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको भन्दै पूर्व मुख्यमन्त्री पोखरेलले गुरूयोजना अनुसार राजधानीको पूर्वाधार निर्माण गर्न आग्रह गरे ।उनले संसदीय समितिलाई प्रभावकारी बनाउदै सरकारका काम कारबाहीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका छन् । प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu