Connect with us
Kapilvast Forest

मतगणना नसकिँदै काठमाडौंमा बालेन विजयी

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

 

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९बालेन० ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् ।

 

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ३५ प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो । यस अर्थमा बालेनले इतिहास रचेका छन् ।

 

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् ।

अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu