Connect with us
Kapilvast Forest

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् ।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

 

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ । ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ डा. ज्ञवालीले अनलाइखबरसँग भने,’ ‘यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’

यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बन निलम्बनमा परेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu