Connect with us
Kapilvast Forest

छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालद्वारा शोक सभा

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलबस्तु-नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज ले स्व. गोपाल बहादुर शाह (गोपाल बाबु) को सम्झनामा शोक सभा सम्पन्न गरेको छ ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका जग्गा दाता स्व. छन्द बहादुर शाह र नारायणी शाहका माइला सुपुत्र गोपाल बहादुर शाहको गत जेठ ४ गते उपचारको क्रममा भारतको लखनउ मा निधन भएको थियो ।

शोक सभामा नेपाल नेत्र ज्योति संघ दाङ शाखाका सभापति केन्द्रिय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुमार गिरी,नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति तथा अस्पताल व्यवस्थापन समितीका सदस्य रेशम बहादुर खड्का,कोषाध्यक्ष,श्याम प्रकाश आचार्य,सह सचिव चिरन्जीवी रिजाल,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल,प्रमुख प्रशासक शम्सेर थापा,छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्मा लगायत अस्पतालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा स्व.गोपाल बहादुर शाहको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । स्व. शाहको परिवारले बहादुरगंजमा एक सय बेडको आँखा अस्पताल संचालनको लागि नेपाल नेत्रज्योति संघ,दाङ शाखा लाई १७ कठ्ठा जग्गा दान गर्नु भएको छ । साथै नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति कृष्णकुमार गिरी, उपसभापति रेशम बहादुर खड्का,कोषाध्यक्ष,श्याम प्रकाश आचार्य,सह सचिव चिरन्जीवी रिजाल,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल,प्रमुख प्रशासक शम्सेर थापा लगायतका महानुभाबहरु स्व.गोपाल बहादुर शाहको तौलिहवा स्थित निबासमा पुगेर दिवंगत आत्माको चिरशान्ती कामना सहित शोक सन्तप्त परिवार जनहरुमा गहिरो समवेदना समेत प्रकट गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu