शिवराजमा ३ महिने ब्युटिपार्लर र मोबाईल तालिम समापन
न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकामा ३ महिने ब्युटिपार्लर तथा मोबाईल मर्मत तालिम समापन भएको छ ।शिवराज नगरपालिकाको आर्थिक सहयोग तथा गुरुकुल टेक्निकल क्लेज रुपन्देही प्रालिको आयोजनामा ब्युटिपार्लर र ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजीको आयोजनामा चन्द्रौटामा संचालित तालिम आज एक समारोहका विच समापन भएको हो । ।
ब्युटीपार्लर तथा मोबाइल तालिम समापन समारोहलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले अहिलेको आधुनिक युगमा सिपको आवस्यकता रहेको बताउँदै नगरपालिकाबाट आगामि दिनमा सीप विकासकोलागि अझै प्राथमिकता दिने बताउनु भएको छ ।
कार्यक्रम लैङ्गकि समानता तथा सामाजिक समाबेशिकरण अन्तर्गत तालिममा ११ वटै वडाबाट युवा युवतीको सहभागीता रहेको थियो ।फागुन ३ गते देखि सुरु भएको तालिम आज समापन भएको हो ।
तालिममा शिवराजका ७० जना युवायुवतीले सहभागिता जनाएका थिए ।ब्युटिपार्लरको प्रशिक्षकमा सावित्रा लम्साल, मोबाइल प्रशिक्षकमा महेश पौडेलले तालिम दिएको कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिनु भयो ।