Connect with us
Kapilvast Forest

तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

बुटवल-रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्।सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराएका हुन्।

खाणले २४३९६ मत ल्याएर विजयी हुँदा चापागाईंले २३ हजार ६३१ मत ल्याए। खाण नेपाली कांग्रेस रूपन्देहीका सभापति हुन्।उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन्।

एमाले रूपन्देहीकी उपाध्यक्षसमेत रहेकी चौधरीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी माओवादी कन्द्रका हेमलाल पाण्डेलाई दोब्बरभन्दा धेरै मतले हराइन्।यसअघि पनि उपमेयर निर्वाचित भएकी चौधरीले २३८६ मत पाउँदा माओवादी केद्रका पाण्डेले ११५४६ मत पाए।

२०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरे तिलोत्तमाका मेयर निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा पनि रामकृष्ण खाण नगर प्रमुखका उम्मेदवार थिए। तर उनी घिमिरेसँग पराजित भएका थिए।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो। नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन्।१७ वडा रहेको तिलोत्तमामा एमालेले ८ र नेपाली कांग्रेसले ९ वटा वडा जितेको छ। कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu