Connect with us
Kapilvast Forest

‘मतदाताले जिताइसकेपछि बालेन एक्लै छन् भन्ने नसोचौं:महामन्त्री शर्मा

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्।

उनले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गरेका छन्।‘बालेनलाई बधाई दिउँ, बदलौं आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ आज ट्वीट गर्दै शर्माले भने।

उनले जनताको काममा जनप्रतिनिधिलाई सघाउनुपर्ने पनि बताए।‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो,’ शर्माले भने, ‘मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौं।’

बालेनको जितमा जनताले आशा देखेको पनि शर्माको भनाइ छ। ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर।’

उनले काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रूपले आत्मसाथ गरिनुपर्ने पनि बताएका छन्।मुख्य दलको शैली र प्रस्तुतीप्रति मतदाता असन्तुष्ट रहेको देखिएको पनि शर्मा बताउँछन्।

‘बदलिएको समयअनुसार आफूलाई बदल्नु हामी राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो। काठमाडौंमा बालेनको विजयले हामीलाई यसका लागि जबरजस्त दबाब सकरात्मक ढंगले दिएको छ,’ उनले भने।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu