Connect with us
Kapilvast Forest

लिङ्देनको व्यंग्य : नीति कार्यक्रममा प्रधानमन्त्रीकै जिल्लामा मेडिकल कलेज !

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा पारेको भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रीहरुले पनि आफ्नो जिल्लामा ठूला–ठूला सडक बनाउने कार्यक्रम पारेको आरोप लगाए ।

 

‘पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिले ल्याएको नीति तथा कार्यक्रममा आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने राख्नुभयो । मन्त्रीजीहरुको जिल्लामा ठूलो ठूलो बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति तथा कार्यक्रम यही हो ?,’ उनले भने ।

लिङ्देनले किसानले मल बिउ समेत नपाएको भए पनि नीति तथा कार्यक्रममा त्यस्ता विषय नपरेको भन्दै सरकारको प्राथमिकता के हो भनेर समेत प्रश्न गरे । ‘चुनाव आउँदै छ सबैले आआफ्नो कुरा टिपाइहालौं भनेर नीति तथा कार्यक्रममै राख्नुभयो,’ उनले भने, ‘बजेटमा त ठिकै थियो । नीति तथा कार्यक्रममै आयो ।’

उनले तीन करोड पनि जनसंख्या नभएको देशका लाखौं युवा विदेशमा जानु विडम्बनापूर्ण भएको समेत टिप्पणी गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu