Connect with us
Kapilvast Forest

काठमाडौँको नगरसभा र कार्यपालिकामा काँग्रेसको बहुमत, मेयर–उपमेयरलाई चुनौती

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं -काठमाडौं महानगरपालिकामा मेयर–उपमेयर, ३२ वडाध्यक्ष र १२७ सदस्य गरी १६० जनप्रतिनिधि चयन भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट काठमाडौं महानगरमा १६० जना जनप्रतिनिधि चुनिएर आएको हुन् ।

 

महानगरपालिका–२४ र २५ मा दलित सदस्यतर्फ उम्मेदवारी नपर्दा १६२ जनप्रतिनिधि चयन हुनुपर्नेमा १६० जना मात्र चयन भएका हुन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी छिन् ।

गठबन्धनबाट काँग्रेस उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पराजित गर्दै साह काठमाडौंको मेयर बन्न सफल भएका छन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

यस्तै उपमेयर डंगोलसँग गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ठूलो मतान्तरले पराजित भए । डंगोलले श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत मात्र ल्याए ।

यस्तै ३२ वडाध्यक्ष मध्ये नेपाली काँग्रेसबाट १९, एमालेबाट १२ र नेकपा एकीकृत समाजवादीबाट १ जना निर्वाचित भएका छन् । यस्तै काँग्रेसबाट ७४ , एमालेबाट ४८ र एकीकृत समाजवादीबाट ४ गरी १२६ जना काठमाडौं महानगरको वडा सदस्य बनेका छन् ।

नगरसभामा काँग्रेसको स्पष्ट बहुमत छ । मेयर र उपमेयर गुमाएको काँग्रेसबाट नगरसभामा १९ वडाध्यक्ष र ७४ सदस्य गरी ९३ सदस्य छन् । नगरसभामा ५८ प्रतिशत काँग्रेसको उपस्थिति छ । यस्तै नगरसभामा एमालेबाट उपमेयर, १२ वडाध्यक्ष र ४८ सदस्य ६० सदस्य रहेका छ । अर्थात नगरसभामा एमालेको ३७ प्रतिशत प्रतिनिधित्व छ । एकीकृत समाजवादीबाट १ वडाध्यक्षसहित ५ जना ३ प्रतिशत उपस्थिति छ । मेयरमा बालेन साह एकलो छन् ।

काठमाडौँको नगरसभामा प्रमुख, उपप्रमुख, ३२ वडा अध्यक्ष, ३२ वटै वडाका जम्मा १ सय २८ सदस्य र नगर कार्यपालिकामा दलित र अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य गरी जम्मा १ सय ६५ जना हुन्छन् ।

यस्तै कार्यपालिकामा पनि काँग्रेसकै बहुमत बहुमत छ । मेयर, उपमेयर र सबै वडाध्यक्ष कार्यपालिकाको पदेन सदस्य रहने व्यवस्था छ । ३४ जना पदेन सदस्यमध्ये काँग्रेसबाट १९ जना छन् । पदेन सदस्यमा ५५ प्रतिशत उपस्थिति रहेको काँग्रेस थप सदस्य चयनमा पनि हाबी हुने छ ।

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu