Connect with us
Kapilvast Forest

नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ : विष्णु पौडेल

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गठबन्धनको सरकारको कारणले मुलुक र जनतामाथि गम्भीर धोका भएको बताएका हुन्।

उनले भने, ‘ओली सरकारलाई षडयन्त्र गरेर हटाएर गठबन्धन सरकार बनेको हो। गठबन्धन सरकारको कारणले मुलुक र जनतामा धोका भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ। इतिहासकै सबैभन्दा कमजोर मुलुकको समस्या नचिनेको छ।’

उपाध्यक्ष पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसदमा छलफल गरेर संसदको समय मात्रै बर्बाद भएको आरोप लगाए। देशको अर्थतन्त्र संकटमा रहेको बेलामा नीति तथा कार्यक्रम त्यसतर्फ बेखबर रहेको उनको भनाइ छ।

चुनावी सरकार भएकाले आर्थिक दायित्व बहन नगरेको बताए। हावादारी कार्यक्रमलाई अगाडि सारेर चुनाव लक्षित कार्यक्र अघि सारेको उनको बुझाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu