Connect with us
Kapilvast Forest

मुगुमा यार्सागुम्बा संकलनका लागि भोलिदेखि वन खुला

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

 

मुगु-जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुला हुने भएको छ।

मुगुम कार्मारोङ्ग गाँउपालिकाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट आउने सर्वसाधारणलाई जेठ १५ देखि वन प्रवेश खुला गरिने भएको हो।

गाउँपालिकाको वडा नं. २ मुगु गाँउको रिमाण, ठूलो कोईकी, सानो कोईकी, छापाखोला, चार्कु लगायत वनमा यार्सा पाइन्छ। वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने प्रमुख प्रशासकीय अधिकृत सुभाष रावलले जानकारी दिए।

जिल्लावासीका लागि प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि दुई हजार ५०० रुपैयाँ कर निर्धारण गरिएको छ।

गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने कार्य नगर्न संकलनकर्तालाई आग्रह गरेको छ। यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न र चोरी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ। यी कार्य गरेको पाइए कडा कारबाही हुने चेतावनी दिइएको छ।

सुरक्षा व्यवस्था कडा

यार्सा संकलनका क्रममा लुटपाट समेत हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका नायब उपरिक्षक हमालले यार्सा संकलन अवधिभर संकलनकर्तालाई असुरक्षा महशुस हुन नदिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गर्ने व्यवस्था मिलाएको जानकारी दिए। नाकामा समेत सुरक्षा व्यवस्था कडा पारेको उनको दाबी छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu