Connect with us
Kapilvast Forest

मधेशमा ५३ प्रतिशत जनसंख्या पुग्यो, निर्वाचन क्षेत्र पुनरावलोकन गरौं : उपेन्द्र यादव

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

upendra yadav

काठमाडौं -जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्ने माग गरेका छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले मधेशमा ५३ प्रतिशत जनसंख्या रहेको भन्दै त्यसै आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्ने बताएका हुन् ।

 

यसअघि निर्वाचन क्षेत्र तय गर्दा मधेशमा ४६ प्रतिशत जनसंख्या रहेकामा अहिले बढेर ५३ प्रतिशत पुगेको भन्दै यादवले फेरि निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने बताएका हुन् ।
यादवले बहुभाषिक नीति लागू गर्दै एक भन्दा बढी भाषालाई सरकारी कामकाज भाषा तोक्ने र विद्यालयहरुमा पढाउने व्यवस्था गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले जन्मसिद्ध नेपाली आमाबाबुबाट जन्मिएका छोराछोरी पनि गैर नागरिक रहेको भन्दै नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने बताए ।

‘राज्यले दायित्व पूरा नगर्दा नागरिकका सन्तान राष्ट्रियताविहीन अवस्थामा अधिकारबाट वञ्चित भएको अवस्था छ’ उनले भने, ‘गल्ती राज्यले गर्ने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने । यसलाई तत्काल अन्त्य गर्नुपर्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu