Connect with us
Kapilvast Forest

अर्थतन्त्र संकटमा छ,आयात प्रतिस्थापन गर्नैपर्छ : गगन थापा

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् ।प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो । यसमा सरकारको ध्यान यसमा जानु पर्नेछ ।’

 

यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । १० महिनाको अवधिमा १६ खर्बको आयात र १ खर्बको निर्यात भएको भन्दै उनले आगामी वर्ष यो अझ बढ्ने उल्लेख गरे ।

नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा जानु पर्ने बताए ।

खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उनले उत्पादकत्व बढाउन सरकारले ठीक नीति ल्याउनु पर्ने बताए ।

आयात प्रतिस्थापन गर्न सरकारले ल्याएको नीति सही भएको भन्दै उनले यसलाई बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।

आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने बताए । त्यसपछि मात्र सरकारले जनतालाई अब खरिद नगर भन्ने नैतिकता राख्ने उनले बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu