Connect with us
Kapilvast Forest

प्रेस युनियनमा बिवाद , असन्तुष्ट समुहले गर्याे केन्द्रीय समिति बैठककाे माग

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं- नेपाल प्रेस युनियनमा देखिएको विवादले उग्ररुप लिएको छ। संस्थापन पक्षले महाधिवेशनको मिति सारेपछि असन्तुष्ट पक्षले छुट्टै भेला गरेर महाधिवेशनको मिति तोकेपछि युनियनको उपत्यका समन्वय समितिले दुबैको हर्कत बन्द गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाउन आह्वान गरेको छ । उपत्यका समन्वय समितिका संयोजक निरज खतिवडाले बैठक बोलाएर संकट समाधानका लागि अपिल गरेका छन् । युनियनको वर्तमान संकट विधि र प्रक्रियाबाटै समाधान गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन विज्ञप्ती मार्फत माग गरिएको छ । केन्द्रीय समिति बैठकबाटै महाधिवेशन हुने सुनिश्चितता गर्न पनि भनिएको छ । उपत्यका समन्वय समितिले देशभरका युनियनकर्मीहरुलाई संगठनको संकट समाधानका लागि एकतावद्ध हुन आह्वान गरेकाे छ।
श्री अध्यक्षज्यू
तथा सम्पूर्ण प्रेस युनियन सम्बद्ध सदस्यहरु,
गम्भीर ध्यानाकर्षण भएको बारे
हामी नेपाल प्रेस युननियनको केन्द्रीय महाधिवेशनको प्रतिक्षामा रहेको लामो समय वितिसकेको छ । तर, महाधिवेशन विभिन्न कारण देखाइ स्थगित हुँदै आएको छ । यो आफैंमा दुखद पक्ष र हामी केन्द्रीय समितिकै साथीहरुको कमजोरी पनि हो । तर, यो कमजोरी छोप्न संगठनलाई नै क्षतविक्षत हुने गरी विभिन्न गतिविधि पनि स्वीकार्य हुँदैन । तसर्थ केन्द्रीय अध्यक्षज्यूले केन्द्रीय समिति बैठक तत्काल बोलाइ यथाशिघ्र महाधिवेशनको मिति सबैको समर्थनमा तोक्न उपत्यका समन्वय समिति माग गर्दछ । महाधिवेशनको सुनिश्चितता नगर्ने र युनियनलाई फुटतर्फ लैजान खोज्ने दुबै हर्कत तत्काल बन्द गरी निकास दिन आह्वान गर्दछौं । साथै संगठनलाई फुटतर्फ नधकेल्न पनि आह्वान गर्दछ । अन्यथा आगामी दिनमा हुन सक्ने क्षतिको दोष हामी सबैमा आइपर्छ । यसतर्फ समेत ध्यान दिई तत्काल केन्द्रीय समिति बैठक राखि युनियनमा देखिएको गम्भीर संकटको समाधान गर्न हार्दिक अपिल गर्दछौं । साथै देशभरका युनियन सम्बद्ध साथीहरुले समेत नेतृत्वलाई दबाब दिन आग्रह गर्दछु । केन्द्रीय समिति बैठक र केन्द्रीय महाधिवेशनकै लागि पनि काठमाडौं उपत्यका समन्वय समिति पहल गर्न तयार रहेको जानकारी पनि गराउँदछौ ।
जय नेपाल

निरज खतिवडा
संयोजक, नेपाल प्रेस युनियन उपत्यका समन्वय समिति, काठमाडौं

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu