Connect with us
Kapilvast Forest

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुख सापकोटाको आग्रह

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौँ -सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहनुुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवं बेपत्ता योद्धाको बलिदानीभावको स्मरण र उच्च सम्मान व्यक्त गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu