शिवराज कार्यपालिकाको निर्वाचन : एमाले र कांग्रेस गठबन्धन विजयी
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ । आज भएको कार्यपालिकाको निर्वाचनमा एमाले ,कांग्रेसको गठबन्धनले ३८ मत प्राप्त गरेर जियी भएको छ भने लोकतान्त्रिक समाजवादी , माओवादि केन्द ,जनता समाजवादि पार्टी नेपालको गठबन्धनले १९ मत प्राप्त गरेको छ।
आज सम्पन्न भएको शिवराज नगर नगरकार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ति मगर , बुद्धिकला भण्डारी र प्रेम सुनार त्यसैगरी नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवार बनेका सन्त बहादुर धोबी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन ।
यो संगै नगर कार्यपालीकामा नगर प्रमुखको संयोजकत्वमा २१ सदस्य कार्यपालिका गठन भएको छ । नगर उप प्रमुख र वडा अध्यक्षहरु स्वत कार्यपालिकामा रहने व्यवस्था छ ।