Connect with us
Kapilvast Forest

रक्सीमा बढ्यो कर 

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

madira

काठमाडौं-सरकारले मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क र भन्सार दर बढाएको छ । अल्कोहलरहित बियरमा २० रुपैयाँबाट ३० रुपैयाँ अन्तशुल्क लाग्ने व्यवस्था भएको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले इनर्जी ड्रिंक्सको अन्तशुल्क प्रतिलिटर ३६ बाट ५० रुपैयाँ बनाएका छन् ।

 

त्यसैगरी जौबाट बनेको वियरमा अन्तशुल्क प्रतिलिटर १९८ रुपैयाँबाट २२८ रुपैयाँ पुर्याइएको छ ।अन्डिनेर्यड इथाय अल्कोहलमा अन्तशुल्क प्रतिलिटर ७० बाट ८०, एक्स्ट्रा न्युट्रल अल्कोहलमा ७६बाट ८६, एनहाइड्रस इथानलमा ९बाट १२ र वाइनमा १९८बाट २२८ रुपैयाँ पुर्याएको आर्थिक विधेयकमा उल्लेख छ ।

४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १५९२ रुपैयाँबाट १७५० रुपैयाँ बनाएको छ ।४२.८ प्रतिशत अल्कोहल भएको हकमा ११८८ रुपैयाँबाट बढाएर १३०६ रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा ११०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५५५ रुपैयाँ रहेकोमा अब ६१० रुपैयाँ कामय गरिएको छ । २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ बनाइएको आर्थिक विधेयकमा उल्लेख छ ।

विभिन्न मदिराजन्य पदर्थको भन्सार दर पनि बढाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu