Connect with us
Kapilvast Forest

तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ।पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

विमानमा राजनकुमार गोले, बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँ नै चिन्तित भएको छ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu