Connect with us
Kapilvast Forest

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै, ४ लाख १० हजार विद्यार्थी सहभागी

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ। कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ। राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरुले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu