Connect with us
Kapilvast Forest

विमान दुर्घटना: पोष्टमार्टमका लागि टिचिङ लगियो १० जनाको शव

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौँ – मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

अहिले ती शव अन्तर्राष्ट्रिय विमानस्थलबाट पोस्ट मार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ । स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । खराब मौसम र जटिल भौगोलिक अवस्थाका कारण उक्त विमान दुर्घटना भएको सोमबार मात्रै पुष्टि भएको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu