Connect with us
Kapilvast Forest

जमुनाहा नाकामा कडाइ

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

 

 

काठमाडौं – बाँकेस्थित नेपाल–भारत जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।नाकाबाट ठूलो परिमाणमा लागुऔषध र साना हातहतियार भित्रने गरेको आशंकामा नाकामा कडाई गरिएको हो ।

नाकामा चेकजाँच कडाई गरिनुका साथै आवागमन गर्ने सर्वसाधारणलाई चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।त्यस्तै, घरायसी सामान किनमेल गर्ने नाममा सीमापारि जानेहरुले तस्करी गर्ने गरेको पाइएकोले पनि नियन्त्रण सुरु गरिएको हो ।

सीमापारिको रुपैडिहा बजारमा लागूऔषध सहजै रुपमा पाउने भएकोले दैनिक ठूलो संख्यामा युवाहरु रुपैडिहा पुग्ने गरेको पाइन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu