अहिले हाम्रो व्यवहार बुर्जुवाभन्दा फरक देखिन छाड्यो : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको एजेण्डा बोक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन्।
आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनताले हेर्दा हिजो जनआन्दोलन र जनयुद्धमा थियौँ। हामी नयाँ समाजका निर्माता हौँ भन्यौँ र गर्यौं पनि त्यही। त्यसैले जनताले माओवादी भनेको अर्को हो भनेर सजिलै चिन्थेँ। समाजिक रुपान्तरण र जनताको सेवाको निम्ति जनवादी क्रान्तिका लागि समर्पित भएपछि आफ्नो छोराछोरीका रुपमा जनताको सेवा गरेका थियौं।’
पहिला आफूहरु जनताको साना–साना काममा समेत सेवा गर्ने गरेको भएपनि अहिले त्यस्तो नभएको प्रचण्डले बताए।
‘जनताले माओवादी देशलाई चाहिने भनेर बुझ्थे। हामी जे गर्थ्याैँ राष्ट्रको लागि गर्थ्यौं। अहिले हाम्रो गराइ र भनाइ एउटै छैन। बुर्जुवा पार्टीभन्दा हाम्रो व्यवहार फरक देखिन छाड्यो’ उनले भने।
उनले प्रत्यक्ष रुपमा देखिने जनता जनप्रतिनिधिको काम मात्रै नभएकाले काममा लाग्न निर्देशन दिए।