अर्थमन्त्रीलाई गगन थापाको प्रश्न- राजश्व बढ्छ भनेर कसरी आश्वस्त पार्नुहुन्छ?
काठमाडौं-नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई स्रोत व्यवस्थापनलगायत विषयमा प्रश्न गरेका छन्।आज प्रतिनिधि सभा संसद बैठकमा बजेटबारे छलफलमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थतन्त्र ७ प्रतिशतले बढ्दै गर्दा राजश्व कसरी २० प्रतिशतले बढ्छ भन्ने प्रश्न गरेका हुन्।
‘यस वर्ष समग्रमा राजश्वको लक्ष्य अरू वर्षहरूको भन्दा कम हुने अवस्था देखिन्छ,’ थापाले भने, ‘यस्तो अवस्थामा यति धेरै राजश्व बढाउँछु भनेर अर्थमन्त्रीले मलाई कसरी आश्वस्त पार्नुहुन्छ?’
अनुमान गरिएको स्रोत यथार्थपरक छ भन्नेबारे अर्थमन्त्रीले आश्वस्त पार्नुपर्ने पनि उनले बताए।