Connect with us
Kapilvast Forest

संघबाट   कुन महानगरलाई कति बजेट ?

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ ।

आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ ।

 

सबैभन्दा धेरै बजेट पाएको पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ । पोखराले चालु आर्थिक वर्षमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो । पोखरालाई आगामी वर्ष समपूरक अनुदानमा ४ करोड विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ दिइएको छ । १ अर्ब ८५ करोड ८० लाख सशर्त अनुदान पाएको पोखराले ६५ कारेड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ ।

संघीय सरकारबाट काठमाडौं महानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ । चालु आर्थिक वर्षमा काठमाडौं २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि काठमाडौंले समपूरक र विशेष अनुदानमा बजेट पाएको छैन । ७५ अर्ब ४९ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको काठमाडौंलाई १ अर्ब २८ करोड ५० लाख ससर्त रुपैयाँ अनुदान पठाइएको छ ।

सरकारले भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । जुन अनुदान गत वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो । भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।

वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख बजेट पाएको छ । चालु आवका लागि वीरगञ्जले १ अर्ब ४५ अर्ब ४० रुपैयाँ बजेट पाएको थियो । संघीय सरकारले आगामी वर्षका लागि वीरगञ्जलाई १० करोड रुपैयाँ समपूरक अनुदान र ६ करोड विशेष अनुदान दिएको छ । वीरगञ्जले ८० करोड ९८ लाख सशर्त र ४७ लाख ८८ हजार समानीकरण अनुदान पाएको छ ।

ललितपुर महानगरपालिकालाई आगामी वर्षका लागि कुल १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ । चालु आवका लागि ललितपुरले १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि ३ करोड रुपैयाँ समपूरक अनुदान पाएको ललितपुरलाई विशेष अनुदान दिइएको छैन । ललितपुरले सशर्त अनुदानमा ६५ करोड ९४ लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानमा ५२ करोड ९५ लाख रुपैयाँ पाएको छ ।

संघीय सरकारबाट विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । चालु आवका लागि विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ पाएको थियो । आगामी वर्षका लागि समपूरक अनुदान नपाएको विराटनगरले ४ करोड रुपैयाँ विशेष अनुदान पाएको छ । यो महानगरले ७२ करोड १७ लाख रुपैयाँ सशर्त र ४५ लाख ६८ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

कुन महानगरलाई कति बजेट ?

पोखरा महानगरपालिका– २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
काठमाडौं महानगरपालिका– २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
भरतपुर महानगरपालिका– १ अर्ब ८० करोड २४ लाख रुपैयाँ
वीरगञ्ज महानगरपालिका– १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ
ललितपुर महानगरपालिका– १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ
विराटनगर महानगरपालिका–१ अर्ब २१ करोड ८५ लाख रुपैयाँ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu