Connect with us
Kapilvast Forest

बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्यमा गठबन्धन विजयी

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

बुटवल- बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धन दलबाट निर्वाचित हुनुभएको छ । नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।

१९ वडा रहेको बुटवलमा कार्यपालिका सदस्यका लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष तथा वडा सदस्यहरूले मतदान गर्नुभएको थियो । कार्यपालिका सदस्यमा बिजयी हुनेहरुमा कांग्रेसबाट निलम गौतम, बसन्ती बिक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामीले ६८ मत पाएर बिजयी हुनुभयो ।

त्यस्तैगरी जसपाबाट सुनिता खड्लुकले ६८ मत, समाजबादीबाट यमबहादुर सुनार ६७ मत, र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनारले ६६ मतसहित बिजयी हुनुभयो । गठबन्धनका उम्मेदवारले ६६ देखि ६८ को बीचमा मत पाउनुभयो । एमालेका सबै उम्मेदवार पराजित हुनुभयो ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी साबित्रादेबी अर्याल निर्वाचित हुनुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu