Connect with us
Kapilvast Forest

‘पल शाहको न्यायका लागि’ हाम्रो टिम नेपाल सडकमा उत्रिने !

२०७९, २० जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं – बलात्कार आरोपी पल शाहको रिहाइको माग एउटा संस्थाले आन्दोलन सुरू गर्ने भएको छ । थुप्रै सामाजिक काममा सक्रिय रहेको ‘हाम्रो टिम नेपाल’ ले आज माइतीघरमा पल शाहको पक्षमा प्रदर्शन गर्दै आन्दोलनको सुरूवात गर्न लागेको हो ।

 

पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो । पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् । यो निर्णय त्रुटिपूर्ण रहेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

‘जसलाई पीडित भनिएको छ, उसले नै आफूमाथि बलात्कार नभएको भनेर बयान दिइसकेपछि अझै पनि थुनामा राख्नु अन्यायपूर्ण छ,’ उनले भने, ‘अब हामी मौन बसिरहन सक्दैनौं ।’

 

उनले पलको न्यायका लागि आज ४ बजे र भोलि पनि माइतीघरमा प्रदर्शन गरिने जानकारी दिए । यो आन्दोलन निरन्तर अघि बढ्ने उनको भनाइ छ ।

अदालतको आदेशका विरुद्धमा सडकबाट दबाब दिनु उचित हो त भन्ने प्रश्नमा पन्तले भने, ‘यो मैले मात्र नभएर हाम्रो टिम नै बसेर गरेको निर्णय हो ।’

उनले पल शाहको न्यायसँगै देशको राजनीतिक व्यवस्था नै परिवर्तन गर्नुपर्ने आफूहरूको एजेण्डा रहेको बताए । अहिलेको प्रणालीले देशलाई ठीक दिशामा नलगेकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने उनको तर्क छ ।

हाम्रो टिम नेपालले कपडा बैंक सञ्चालन गर्नेदेखि नि:शुल्क खाना वितरण गर्नेलगायतका काममा संलग्न रहँदै आएको छ । लकडाउनको समयमा यस संस्थाले काठमाडौंका विपन्न जनतालाई नि:शुल्क खाना खुवाएको थियो ।

संस्थाको अभियानमा विगतमा पल शाह पनि जोडिएका थिए । उनले विभिन्न स्थानमा नि:शुल्क खाद्यान्न वितरणमा सहयोगसमेत गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu