Connect with us
Kapilvast Forest

विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

२०७९, २३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार राजमार्गमा विरोध प्रदर्शन, एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा घेराउ र प्रदर्शन, बन्दी रिहाइको पक्षमा मशाल जुलुस, महँगीविरुद्ध देशव्यापी प्रदर्शन छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्टबाट धर्मेन्द्र बास्कोटा, हेमन्तप्रकाश वलीलगायत अलग्गिएर नेकपा (बहुमत) बनाइसकेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu