Connect with us
Kapilvast Forest

मलाई मन्त्रीको लोभ छैन: मन्त्री आले 

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको बताएका हुन् ।

 

आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै उनले अन्य नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन आग्रह गरे ।

 

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको भन्दै आपत्ति जनाए । मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौं । दुई महिना त ग्रेसमार्क पाइसक्यौं। अरु साथीहरुलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, ‘ मन्त्री आलेले भने ।

पार्टीभित्रकै कोही मान्छेहरु आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेको उनले बताए । उनले भने, ‘हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु, चिप्ले किराहरु आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu