Connect with us
Kapilvast Forest

लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

 

 

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।

विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले  विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए ।

 

‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो ? कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ?’ उनले भने, ‘उहाँहरूलाई केही भेटिएन । मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’

प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu