Connect with us
Kapilvast Forest

कपिलवस्तुमा घर पुराउने बाहानामा करणीको प्रयास : आरोपी फरार

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

rap

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. २ कि २३ बर्षिय युवतीलाई जवजस्ती करणी गर्ने प्रयास भएको छ । मामा घर शिवराज नगरपालिकाबाट आफ्नो घर फर्किने क्रममा घर पुराइदिने बाहानमा करणीको प्रयास भएको बताइएको छ ।

२०७९ जेठ २० गते शिवराज नगरपालिका वडा नं. ३ मा रहेको आफ्नो मामाघर बाट फर्किने क्रममा शिवराज नगरपालिका वडा नं. २ मद्रहवाका ओम प्रकाश चौधरीले घर पुराइदिने बाहनामा बलात्कारको प्रयास गरेको पिडितले आरोप लगाएकी छिन ।

घटनाको दिन पिडित मामाघरबाट फर्कने क्रममा चन्द्रौटा बजार गई किनमेल गरी फर्कदा कुनै सवारी साधन नपाए पछि राति करिब ८ बजे आरोपी चौधरीको टिप्परमा बसी मद्रहवा सम्म आएको र त्यहाँ बाट सोहि व्यक्तिले आफ्नो बाइकमा घरमा पुराइदिन्छु भनी विजयनगर गाउँपालिकाको त्रिपालनगर बाट जर्लैया जाने जंगलको बाटोमा बाइक रोकी जवरजस्ती जंगलमा लगी करणी प्रयास गरेको पिडितले बताएकी छिन ।

पिडकको चंगुलबाट भाग्न सफल भएकी पिडित युवतीले इलाका प्रहरी कार्यालय गणेशपुरमा घटना सम्बन्धी लिखित जाहेरी समेत दिएकी छिन ।

पिडितको उजुरी पछि आरोपीको खोजतलास गरीएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आरोपीले चलाउने टिप्पर रा १ ख ७१८ नम्बरको टिप्पर घर मै रहेको तर आरोपी फरार रहेकोले पक्राउ पुर्जी जारी गरी खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख विजयराज तिमिल्सीनाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj