Connect with us
Kapilvast Forest

सेप्टिक ट्यांकी सफा गर्दा कपिलवस्तुका दुई जनाको चितवनमा निधन

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

सेनाले कुटपिट

चितवन — चितवनमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको निधन भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

भरतपुर महानगरपालिका-१९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ ।

साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खस्नु भएकाे र छतिराम खसेपछि उहाँलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिर्दा दुबै जनाकाे मृत्यु हुन पुगेकाे प्रहरीले जनाएकाे छ ।

छतिराम र राम साला-भेना रहेको बताईएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu