Connect with us
Kapilvast Forest

असार १५ गते माओवादीको केन्द्रीय समिति बैठक बस्ने

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

“बैठकमा संगठन, कार्यविभाजन, स्थायी समिति, केन्द्रीय समितिलाई पूर्णता दिने काम बाँकी छ । यसैगरी, पोलिट्ब्यूरो समिति र पार्टी प्रवेश गरेकाहरुको जिम्मेवारीको विषय छ ।”

केन्द्रीय समितिको बैठक यी नै विषयमा केन्द्रित हुने ढकालले बताउनुभयो । उहाँले बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा हुने बताउनुभयो । आगामी हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu