पेट्रोल-डिजेलको मूल्य फेरि बढ्याे
काठमाडौ – पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।
एलपी ग्यासको भने मूल् एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ।