Connect with us
Kapilvast Forest

हटलाईन सुरू गर्ने पहिलाे गाउँपालिका बन्याे तारकेश्वर, २४ घण्टे सेवा

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

नुवाकोट – नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँवासीका लागि २४ घण्टे नि:शुल्क हटलाइन सेवा सुरु भएकाे छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबार हटलाइन सेवाको उद्घाटन गर्नुभयाे । दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन हुने अध्यक्ष अधिकारीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

२४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएकाे छ ।नगरवासीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन उहाँको आग्रह छ ।

अध्यक्ष अधिकारीले भन्नुभयाे , ‘यो सेवाको भरपूर उपयोग गर्नुहुन म सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक अनुरोध गर्दछु । यहाँहरूको सल्लाह सुझावलाई हामी सहर्ष ग्रहण गर्ने छौं । गुनासाहरूको उचित सम्बोधन गर्ने छौं र समस्यालाई यथाशीघ्र समाधान गर्न लागिपर्ने छौं ।’

गत साता बसेको नवनिर्वाचित गाउँकार्यपालिकाको पहिलो बैठकले अध्यक्ष अधिकारीको प्रस्तावमा हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने अध्यक्ष अधिकारीले बताउनु भयाे । हटलाइन सेवाका लागि गाउँपालिकाले टोल फ्री नम्बर १६६००१४५२२२ सञ्चालनमा ल्याएको छ । तारकेश्वरवासीले याे नम्बरमा चौबिसै घण्टा फोन गर्न सक्नेछन । यो नम्बरमा फोन गर्दा टेलिफोन शुल्क लाग्दैन ।
याे सँगै जनगुनासोका लागि टोल फ्री हटलाइन सेवा सञ्चालन गर्ने तारकेश्वर नेपालकै पहिलो गाउँपालिका बनेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu