Connect with us
Kapilvast Forest

पृथ्वी राजमार्गको तनहुँ खण्डमा भासियो सडक

२०७९, २७ जेष्ठ शुक्रबारमा प्रकाशित

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरको ड्याम नजिकै सडक भासिँदा गाडी चल्न सकेका छैनन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि गाडीलाई फर्काउन थालिएको उहाँले बताउनुभयो । यस्तै, तनहुँको भानु नगरपालिका-३ कुर्कुना र १ रमाइलो डाँडामा पहिरोसँगै रुख ढलेकाले सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu