Connect with us
Kapilvast Forest

प्रदेशस्तरीय अस्पतालको टेण्डर आवहान भएको १ बर्ष वित्यो तर काम सुरु भएन

२०७९, १ असार बुधबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पतालको टेण्डर भएको एक बर्ष वित्दा पनि अझैसम्म काम सुचारु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते टेण्डर प्रकाशित गरेको थियो ।
मन्त्रालयले विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरुवात नहुदाँ यस क्षेत्रका नागरिकहरुले गुनासो गरेका छन । प्रदेशस्तरीय सरुवा रोग अस्पतालको लागि ढिलाई भएपछि यहाँका नागरिक सरकार प्रति रुष्टता व्यक्त गरेका छन ।

संघको स्वास्थ्य तथा जनसख्यां मन्त्रालय मार्फत योजना स्वीकृत भई टेण्डर समेत भएको अस्पताल निर्माणको काम अझैसम्म सुरु हुन नसक्नु दुखत भएको स्थानिय रहिश शाहले बताउनुभयो ।

प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउनका लागि पहल गरेका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माणको कार्य सुरु हुने बताउनुभयो ।

सांसद केसीले भन्नुभयो “संघबाट बजेट निकासा भई प्रदेश स्वास्थ्य मन्त्रालयमा आएको छ, प्रदेश स्वास्थ्य मन्त्रालयले शहरी विकास कार्यालयलाई भवन निर्माणको लागि ठेक्का दिइसकेको छ ।”

चन्द्रौटा हाटबजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गामा अस्पताल बन्ने लगभग पक्का भएको छ । अस्पताल निर्माणका लागि करीब २ अर्व लागत लाग्नेछ । अस्पतालको निर्माण अवधि २ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७।०७८ को बजेटमा प्रदेश स्तरीय सरुवारोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरीने उल्लेख गरेको थियो ।

चन्द्रौटामा अस्पताल बन्ने पक्का, टेण्डर आवहान

 

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पतालको टेण्डर

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पतालको टेण्डर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu