Connect with us
Kapilvast Forest

बाणगंगाको १ अरब ४९ करोड १७ लाख बजेट प्रस्तुत

२०७९, १० असार शुक्रबारमा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आव ०७९/०८० का लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रवार बाणगंगा एकको मायादेवि रिर्सोटमा भएको ११ औं नगरसभामा बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा रु. २२ करोड ६४ लाख ४२ हजार, सशर्त अनुदानमा रु.४६ करोड १८ लाख, राजस्व बाँडफाँडमा रु. २० करोड ५० लाख, ४७ हजार, समपुरक अनुदानमा रु. २ करोड ४० लाख, लअनुदानमा रु. २ करोड ९० लाख, आन्तरिक आयमा रु. १ करोड ७५ लाख, लागत सहभागिता र मौज्दात रकम रु. ४ करोड गरी जम्मा रु.१ अर्ब ४९ करोड १७ लाख ८९ हजारको बजेट बनेको हो ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३५ करोड, नगरपालिका र अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि रु १६ करोड १२ लाख रकम विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजन अनुसार आर्थिक विकास तर्फका कार्यक्रमका लागि रु. ७ करोड ७९ लाख, सामाजिक विकास तर्फ रु. ७८ करोड ९२ लाख ६५ हजार, भौतिक पूर्वाधार तर्फ रु. ४४ करोड १४ लाख २४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ९२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू. १७ करोड ४० लाख बजेट विनियोजन भएको छ ।

उप–प्रमुख चौधरीद्धारा प्रस्तुत बजेटमा आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको छ । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोडले बढी रहेको छ । बजेट सार्वजनिक कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu