Connect with us
Kapilvast Forest

नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

२०७९, १२ असार आईतवारमा प्रकाशित

काठमाडौं-उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता हुन् ।

२०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको उनले दाबी गरे । शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो कांग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीले बताए । नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउन नचाहेको उनको भनाइ थियो ।

समानुपातिक सांसद हुँदै आएका उनले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताएका थिए । प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उनले अब समानुपातिकमा नबस्ने बताए । ‘समानुपातिकमा मात्रै कति बस्ने? अब प्रत्यक्ष चुनाव लड्छु ।’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मेरो बाँकी जीवन अब राजनीति नै हो । कांग्रेसकै राजनीति गर्छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu