एनएमबि बैकंद्धारा बुद्धभुमीका नगरप्रमुख तथा उपप्रमुख सम्मानीत
कपिलवस्तु-एनएमबि बैकं लि. गोरुसिगे शाखाको आयोजनामा हालै सम्पन्न स्थानिय निकाय निर्वाचन अन्र्तगत बुद्धभुमी नगरपालिकामा नवर्विाचित प्रमुख तथा उप–प्रमुख लाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । एनएमबि बैक लि. लुम्विनी प्रदेश प्रमुख नविन बिष्टले नव निर्वाचित मेयर केशव कुमार श्रेष्ठ र उपमेयर मिरा थारु लाई खादा तथा सम्मान पत्र हस्तान्त्रण गरि निर्वाचित भएकोमा बधाई दिदै कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।
एनएमबि बैकले आफुलाई सम्मान गरेकोमा धन्यवाद प्रकट गर्दै मेयर केशव कुमार श्रेष्ठले एनएमबि बैकले स्थानिय जनताको आर्थिक बिकासका लागी गरेको योगदानको लागी धन्यवाद ब्यक्त गर्नु भयो ।
नवनिर्वाचित नगर प्रमुख तथा उप प्रमखको सम्मानमा बुद्धभुमी नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख केशवराज सुबेदी, एनएमबि बैकं गोरुसिंगे शाखाका अर्जुन पौडेल, पशुपति अधिकारी लाएतको उपस्थिति रहेको थियो । उक्त र्काक्रमको एनएमबि बैकं गोरुसिंगे शाखाका प्रमुख लाल बहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
एनएमबि बैकंले बुद्धभुमी नगरपालिको वार्ड नं २ गोरुसिंगेमा बिगत ११ बर्ष देखी शाखा संचालन गरी स्थानिय रुपमा छरिएर रहेको बचत लाई स्थानिय रुपमै कुर्षि, महिला उधम शिल बिकासका लागी सहुलियत रुपमै कर्जा प्रदान गर्दै ब्यापार र उधोगमा समेत लगानी बिस्तार गर्दै सेवा बिस्तार गरिरहेको छ ।