Connect with us
Kapilvast Forest

लुम्बिनीकी राज्यमन्त्री बिमला वलीले दिइन् राजीनामा

२०७९, १५ असार बुधबारमा प्रकाशित

लुम्बिनी- प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन।नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले वलीले पदबाट राजीनामा दिएको  बताए।

बरालले भने, ‘उहाँले आज मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष आफ्नो राजीनामा केहीबेर अगाडि बुझाउनुभएको हो।’ जेठ ३१ राज्यमन्त्री वलीले तुलसीपुरकी मीना भण्डारी बस्नेतको घरमा गएर कुटपिट गरेकी थिइन्। मीनाका श्रीमान एकराज बस्नेतसँग बिमलाको प्रेम सम्बन्ध रहेको केही महिनाअघि सार्वजनिक भएको थियो।

वलीविरूद्ध मीनाले प्रहरीमा उजुरी दिएकी थिइन्। घटनाबारे सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेश सरकारले छानबिन टोली गठन गरेको थियो।
छानबिन टोली बने पनि वली बिरामी भएर अस्पताल भर्ना भएकी थिइन्।

वली स्वर्गीय उत्तरकुमार वलीकी श्रीमती हुन्। उत्तरकुमार २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए। २०७५ माघमा वलीको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।

त्यसपछि २०७६ मंसिरमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले बिमलालाई उम्मेदवार बनाएको थियो। सोही निर्वाचिनबाट निर्वाचित बिमलाले नेकपा विभाजनको क्रममा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu